एम्बुलेन्स चालक र नर्सले पाए यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पु्रस्कार’
काठमाडौं । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७७’ यसपालि भेरी अस्पतालको आइसीयुमा कार्यरत स्टाफ नर्स सुनिता सहकरी र नेपाल एम्बुलेन्स सर्भिस कीर्तिपुरमा कार्यरत एम्बुलेन्स चालक बोम बहादुर गुरुङले पाउने भएका छन् ।
२०७८ साल असार १४ गते स्व. नेता मदन भण्डारीको ७०औं जन्मजयन्तीको सन्दर्भमा उनीहरूलाई सो पुरस्कार प्रदान गरिन मदनत भण्डारी फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनले महामारीको जोखमिमा पनि अग्रपंक्तिमा रही बिरामीको सेवामा खटेका कारण योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गर्न लागिएको विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
यसअघि हास्य कलाकार महजोडी, सामाजिक अभियन्ता महावीर पुन, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, धुर्मुस सुन्तली फाउण्डेशन र प्रा.डा. सुबोध शर्मालाई फाउण्डेशनले प्रदान गरिसकेको छ ।
पुरस्कार राशी एक लाखको रहेको छ ।