पठाओको फुड अफर : ४० रेस्टुरेन्टका परिकार ४५ मिनेटभित्रै होम डेलिभरी – Nepal Press

पठाओको फुड अफर : ४० रेस्टुरेन्टका परिकार ४५ मिनेटभित्रै होम डेलिभरी

काठमाडौ ।  पठाओले ‘डेलिभरिङ ह्याप्पीनेस एट योर डोरस्टेप’ नाराका साथ विभिन्न अफरको घोषणा गरेको छ।

करिब ४० वटा रेस्टुरेन्टको फुड मेनुमा तीस प्रतिशत  र डेलिभरीमा समेत छुट लगायतका अफर उपलब्ध छन् । फुड अर्डर गरेको बढीमा ४५ मिनेटभित्र डेलिभरी हुने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए । उनले भने, ‘छोटो समयमा तात्तातै फुड डेलिभरी गर्नु पठाओ फुडको विषेशता हो ।’

लामो समयको निषेधाज्ञाले गर्दा होटल तथा रेस्टुरेन्टको परिकारका स्वादबाट बन्चित खानाका पारखीहरुले अब अफरको सदुपयोग गरी आफ्नो रोजाइको रेस्टुरेन्टबाट आफ्नो रुचिको परिकार घर तथा अफिसमै भारी छुटका साथ डेलिभरी मगाउन सक्न्नेछन् ।

पठाओको ‘फुड डेलिभरी’ सेवाग्राही मैत्री भएको बस्न्यात बताउँछन्। उनी भन्छन् ‘फुडम्यानको लाइभ ट्रयाकिङ गर्न सकिने र एकै पटक तीन फरक रेस्टुरेन्टबाट अर्डर गर्न सकिने भएकाले सेवाग्राहीलाई सहज हुन्छ। साथै हामी स्वास्थ्य सुरक्षाका सावधानीमा पनि सजग छौँ ।’

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी जेठ ३० गतेदेखि सुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर