भारतमा अलपत्र बालकको उद्दार – Nepal Press

भारतमा अलपत्र बालकको उद्दार

रुपन्देही । भारतमा अलपत्र परेका रुपन्देही देवदह नगरपालिका चरङेका एक बालकको उद्दार भएको छ । भारतस्थित प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा मानव कल्याण मित्र मञ्च नेपालले भारतको बनारसबाट चरङेका अविनास सुनारलाई उद्दार गरेको हो ।

भारतको बनरसमा बालकल्याण समितिले सञ्चालन गरेको बालगृहबाट १६ वर्षीय बालकको उद्दार गरी आइतबार घरपरिवारलाई बुझाएको छ । एक वर्षदेखि भारतमा अलपत्र परेका अविनास सुनार बालगृहमा रहेको थाहा पाएपछि नेपाली राजदूतावासको समन्वयमा उद्दा गरी मानव कल्याण मित्र मञ्च नेपाललाई जिम्मा लगाइएको प्रवासी नेपाली मित्र मञ्चका अध्यक्ष विष्णुप्रसाद खनालले बताए ।

प्रवासी नेपाली मित्र मञ्चका अध्यक्ष विष्णुप्रसाद खनाल र मञ्चका संरक्षक शेयरसिंह जिम्मालले उद्वार गरिएका बालकलाई नेपाल ल्याएका थिए । उद्दार गरी ल्याइएका ती बालकलाई आइतबार देवदह नगरपालिका वडा नम्बर १० का जनप्रतिनिधि, स्थानीय र सञ्चारकर्मीको रोहवरमा बालकका बुवा अमर सुनारलाई बुझाइएको हो ।

घरमा आमा र बुवाको सम्बन्ध विच्छेद भएपछि अभिभावकको माया नपाएपछि सानिमालाई खोज्दै भारत गएको अवस्थामा आफू अलपत्र परेर नेपाल फर्कन नसकेको अविनास सुनारले बताएका छन् ।

नेपालमा आफ्नो थर सुनार भएपनि भारतको वालगृहमा अविनास थापा नाम लेखाएको उनले बताए । भारतमा अलपत्र परेका र हराएका नेपालीको उद्दार गरी नेपाल ल्याएर सम्बन्धित व्यक्तिको घरपरिवारलाई बुझाउने गरिएको मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *