निषेधाज्ञाबारे थप निर्णय गर्न काठमाडौं उपत्यकाका सिडिओहरूको बैठक बस्दै – Nepal Press

निषेधाज्ञाबारे थप निर्णय गर्न काठमाडौं उपत्यकाका सिडिओहरूको बैठक बस्दै

काठमाडौं । निषेधाज्ञाबारे थप निर्णय गर्नका लागि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) बिहान १० बजेबाट बैठक बस्दैछन् ।

निषेधाज्ञा विस्तारै खुकुलो बनाउँदै लगे पनि सार्वजनिक यातयात सञ्चालन गर्न दिने कि नदिने भन्नेबारे आजको बैठकबाट निर्णय गर्ने ललितपुर जिल्लाका सिडिओ ढुण्डी प्रसाद निरौलाले बताए । ‘सार्वजनिक यातयात चल्न चल्न दिने कि नदिने भन्नबारे आज निर्णय गर्नेछौं,’ प्रजिअ निरौलाले भने ।

सरकारले थप गरेको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । निषेधाज्ञालाई ७ दिन थपिइने उनले बताए । उनका अनुसार निषेधाज्ञा खुकुलो पारिए पनि होटल व्यवसायको हकमा भने होम डेलिभरी मात्र गर्न पाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *