भक्ति थापालाई राष्ट्रिय विभूतीमा समावेश गर्ने सरकारको निर्णय
नेपाल प्रेस
२०७८ असार १६ गते १७:१९
काठमाडौं । नेपाल-अंग्रेज युद्धको बखत वरिष्ठ सैनिक रहेका भक्ति थापालाई सरकारले राष्ट्रिय विभूती घोषणा गरेको छ ।
असार १४ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता वसन्तकुमार नेम्बाङले उक्त जानकारी दिएका हुन् । यसअघि १६ जना राष्ट्रिय विभूति छन् ।
नेम्बाङले वीर भक्ति थापालाई राष्ट्रिय विभूतीमा समावेश गर्ने निर्णय भएको बताए । सन् १७४१ मा लमजुङ जिल्लामा जन्मिएका सरदार थापाले देउथलमा अंग्रेजविरुद्ध बहादुरी प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर