फेक अकाउण्टबाट भ्रामक सूचना संप्रेषण गर्ने प्रति नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण – Nepal Press

फेक अकाउण्टबाट भ्रामक सूचना संप्रेषण गर्ने प्रति नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो कुनैपनि आधिकारीक फेसबुक पेज नरहेकाले बैंकका सूचना जानकारी आव्हान फेसबुक पेज मार्फत नगरिएको जनाएको छ ।

अनधिकृतरुपमा राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्नेरगराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही प्रकृया अगाडी बढाउन सक्ने ब्यहोरा केन्द्रीय बैंकले सूचित गराएको छ ।

यस बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्नो कुनैपनि सूचना प्रबिष्ट नगर्न तथा यस्ता भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न सर्बसाधारणलाई केन्द्रीय बैंकले अपिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर