शुक्रबार २२ सय कोभिड बिरामी थपिए, थप ३४ जनाको मृत्यु – Nepal Press

शुक्रबार २२ सय कोभिड बिरामी थपिए, थप ३४ जनाको मृत्यु

काठमाडौं उपत्यकामा ४२८ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २२९९ जना कोभिड बिरामी थपिएका छन् । १० हजार ५९६ नमुना पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३४५१ जना संक्रमणमुक्त भएका छन् ।

कूल संक्रमित संख्या ६ लाख ४२ हजार ५३ (पीसीआर) पुगेको छ भने एन्टीजेन संक्रमित संख्या ३६ हजार ७५५ पुगेको छ । कूल मृतक संख्या ९१७९ पुगेको छ ।

काठमाडौं जिल्लामा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५०४०, भक्तपुरमा १२८३ र ललितपुरमा १८२५ जना सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *