देवयानी राणा कोकाकोलाको दक्षिण पश्चिम एशियाको उपाध्यक्ष नियुक्त – Nepal Press

देवयानी राणा कोकाकोलाको दक्षिण पश्चिम एशियाको उपाध्यक्ष नियुक्त

काठमाडौं ।  देवयानी राज्यलक्ष्मी राणा बहुराष्ट्रिय कम्पनी कोकाकोला इण्डियाको उपाध्यक्ष नियुक्त भएकी छन् ।

नेपालका अन्तिम श्री ३ महाराज (प्रधानमन्त्री) मोहन शमसेर जबराकी पनातिनी तथा राप्रपा अध्यक्ष पशुपति शमसेर जबराकी छोरी देवयानीले भारतका साथै दक्षिण पश्चिम एशियामा सन्चार तथा सार्वजनिक मामिला हेर्ने उपाध्यक्ष नियुक्त गरेको हो ।

राणाले यसअघि काटरपिलर इण्डियाको निर्देशकका रुपमा भारत, नेपाल र भुटानको सार्वजनिक मामिला हेरेकी थिइन् । राणाले युएनडिपी लगायतका संस्थामा पनि काम गरेकी छन् ।

दरवार हत्याकाण्डका प्रमुख कारक मानिएका युवराजा दिपेन्द्र वीरविक्रम शाहदेवसँग नजिक रहेकी राणासँग रानी ऐश्वर्याले विहे गर्न नदिएपछि युवराजा निराश बनेको त्यसबेला चर्चामा थियो ।

दरवार हत्याकाण्डको छानविन आयोगले देवयानीसँग पनि त्यसबेला बयान लिएको थियो । 

देवयानीको मावली भारतको ग्वालियरको सिन्धिया वंशका महाराजा हुन् । उनकी आमा उषा राजे सिन्धीयाको परिवार नै भारतीय राजनीतिमा छ ।
राजमाता विजयाराजे सिन्धियाका छोरा माधवराव सिन्धिया भारतीय कांगे्रेसका शीर्षस्थ नेता थिए । उनको विमान दुर्घटनामा निधन भएपछि उनका छोरा ज्योतिरादित्य सिन्धिया कांग्रेस हुँदै हाल भाजपाको राजनीतिमा सक्रिय छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर