विद्यार्थी संगठनहरुको माग सम्वोधन गर्ने भन्दै पेट्रोलियम पदार्थमा एक रुपैयाँ मूल्य घटाइयो – Nepal Press

विद्यार्थी संगठनहरुको माग सम्वोधन गर्ने भन्दै पेट्रोलियम पदार्थमा एक रुपैयाँ मूल्य घटाइयो

काठमाडौं । नेपाल आयल निगमले विभिन्न विद्यार्थी संगठनहरुको मागलाई सम्वोधन गर्न भन्दै पेट्रोलियम पदार्थमा १ रुपैयाँ मूल्य घटाएको छ । निगमले लगातार मूल्यवृद्धि गरेकाे विराेधमा नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु लगायतले आन्दोलन सुरु गरेका थिए ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको हो । जसअनुसार पेट्रोल अब १२८ रुपैयाँ, तथा डिजेल र मट्टितेलको १११ रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेकाले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्य नियमित समायोजन गर्नुपरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । १ रुपैयाँ मूल्य घटाएपछि ५ विद्यार्थी संगठनको आन्दोलन स्थगित हुने निगमले अपेक्षा व्यक्त गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *