पश्चिम युरोपमा सयवर्ष यताकै भीषण बाढी : ८० जनाको मृत्यु, जर्मनीमा १३०० सम्पर्कबिहीन – Nepal Press

पश्चिम युरोपमा सयवर्ष यताकै भीषण बाढी : ८० जनाको मृत्यु, जर्मनीमा १३०० सम्पर्कबिहीन

बर्लिन । जर्मनीसहित पश्चिम युरोपेली मुलुकमा एक शताब्दीयताकै भीषण बाढीमा १३०० भन्दा बढी बेपत्ता भएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार जर्मनी र बेल्जियममा मात्र ८० जनाको मृत्यु भएको छ ।

पानीसहितको वर्षापछि आएको बाढीले पश्चिम तथा दक्षिण जर्मनीको गाउँहरु डुबानमा परेका छन् । जर्मनीमा मृतकको संख्या अझै बढ्ने अधिकारीहरुले जनाएका छन् ।

लक्जेम्बर्ग र नेदरल्यान्ड्स पनि बाढीबाट निकै प्रभावित भएका छन् ।

बाढीबाट सबैभन्दा बढी प्रभावित जर्मनीको अवेइलर जिल्लास्थित राइनिल्यान्ड– प्लाटिनेट क्षेत्रबाट मात्रै १३०० भन्दा बढी हराइरहेको स्थानीय सरकारले जनाएको छ ।

‘केही क्षेत्रमा हामीले सय वर्ष यताकै भीषण वर्षा देखेका छौं’ जर्मनीको मौसम विभागका प्रवक्ता एन्ड्रिस फेड्रिकले सीएनएनसँग भने, ‘केही इलकामा अझै धेरै वर्षा भएको छ र बाढीले भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् ।’

जर्मन चान्सलर एन्जेला मर्केलले बाढी पीडितलाई राहत प्रदान गर्ने घोषणा गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर