संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ १२१ देशमध्ये नेपाल दोस्रो स्थानमा
नेपाल प्रेस
२०७८ साउन ३ गते १८:२६
काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ १२१ देशमध्ये नेपाल दोस्रो स्थानमा रहेको छ । शान्ति स्थापनामा खटिएका विश्वका १२१ देशहरुमध्ये ५ हजार ५ सय ७१ सैनिक सहित नेपाल दोश्रो स्थानमा आएको हो ।
नेपाल भन्दा एक कदम अगाडि रहेको बंगलादेशको सैनिक संख्या ६ हजार ५ सय ५४ सदस्य छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार जारी विज्ञप्तिका अनुसार नेपाली सेनाका हाल विश्वका विभिन्न १२ स्थानहरुमा शान्ति सैनिकहरु रहेका छन ।
नेपालले शान्ति सेनामा सहभागीता जनाएको ६३ वर्ष भएको छ । सन १९५८ मा नेपालका पाँच सैनिक अधिकारीहरुले लेबनाममा पर्यवेक्षकको रुपमा सहभागी भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर