झपट रावल भन्छन् : प्रतिगामीहरुले विश्वासको मत दिने भएपछि हामी बाहिरियौं – Nepal Press

झपट रावल भन्छन् : प्रतिगामीहरुले विश्वासको मत दिने भएपछि हामी बाहिरियौं

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका सांसद झपट रावलले हिजो संसद विघटनमा साथ दिएका र केपी ओली सरकारमा रहेका प्रतिगामीहरुले पुनः सत्ताका लागि विश्वासको मत दिने भएपछि आफूहरु मतदान प्रक्रियाबाट बाहिरिएको बताएका छन् ।

संसद भवन छाडेर घर पुगेपछि नेपाल प्रेससँग कुरा गर्दै रावलले भने- हामी संसद जोगाउनका लागि उभिएका हौं । तर हिजो प्रतिगमनलाई साथ दिएकाहरु आज केपी ओली सत्ताबाट बाहिरिए लगत्तै फेरि सत्ताकै लागि देउवातिर लागेका हुनाले हामी यस्तो अनैतिक र फोहोरी राजनीतिको हिस्सा बन्न चाहेनौं ।

रावलले महन्त ठाकुरले रोष्टममा उभिएर सरकारलाई विश्वासको मत दिने भनेपछि आफूहरु छलफल गरेर पक्ष विपक्ष कतै नउभिने निर्णय गरेको बताए । उनले माधव नेपालसहित अन्य सांसदहरु भने देउवालाई विश्वासको मत दिने पक्षमा दृढ रहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर