भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई – Nepal Press

भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई

काठमाडौं । संसदमा विश्वासको मत प्राप्त गर्ने वित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । ट्वीटरमार्फत मोदीले देउवालाई कार्यकालको सफलताको शुभकामना समेत दिएका छन् ।

नागरिक तहको सम्बन्धलाई थप प्रगाढ बनाउँदै देउवा सरकारसँग भारत मिलेर अगाडि बढ्न चाहेको कुरा मोदीले उल्लेख गरेका छन् । साथै, विभिन्न क्षेत्रलाई थप सुद्धढ बनाउने चाहना पनि मोदीले व्यक्त गरेका छन् ।

देउवाले विश्वासको मत लिएको घोषणा सभामुखले गर्ने केही मिनेटमै मोदीले ट्वीट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर