स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल बढुवा
नेपाल प्रेस
२०७८ साउन ४ गते १८:१५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल बढुवा भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई सचिवमा बढुवा गरेको हो । सिफारिस समितिले पोखरेलसहित अन्य दुई प्रमुख विशेषज्ञ डा. महेन्द्रप्रसाद श्रेष्ठ र दीपेन्द्ररमण सिंहलाई सिफारिस गरेको थियो ।
यसअघि स्वास्थ्य सचिव पुष्पा चौधरीलाई २०७५ साल मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएपछि प्राविधिक सचिव पद रिक्त थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर