नेपाल पक्षको ‘निर्णायक’ बैठक भोली, ओली पक्षले निर्णय कुर्ने – Nepal Press

नेपाल पक्षको ‘निर्णायक’ बैठक भोली, ओली पक्षले निर्णय कुर्ने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल खेमाले भोली आफ्नो समूहको ‘निर्णायक’ बैठक बोलाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने आफ्नो पक्षका सांसद तथा केन्द्रिय सदस्यहरुसहितको बैठक डाकिएको हो ।

देउवाले संसदमा विश्वासको मत माग्दा नेपाल पक्षका केही संसदहरुले मतदान बहिष्कार गरेका थिए भने केहीले सरकारको समर्थनमा भोट हालेका थिए । केपी ओली पक्षका ८ जना सांसदले पनि देउवालाई समर्थन गरेका छन् । उनीहरुलाई पनि भोलीको बैठकमा बोलाइएको छ ।

पार्टी पुटाउने या नफुटाउने भन्नेमा यो बैठक निर्णायक बन्न सक्ने एक नेताले बताए । देउवालाई भोट हाल्ने २२ जना सांसदहरुसँगको छलफल भने जारी रहेको छ ।

यता एमालेको केन्द्रिय समिति बैठकले नेपाल पक्षको निर्णय कुर्ने भएको छ । अहिले बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर