पूर्वमन्त्री पोखरेलले शुरु गरे हरित अभियान – Nepal Press

पूर्वमन्त्री पोखरेलले शुरु गरे हरित अभियान

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले हरित अभियान सुरु गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका उनले शनिवार महोत्तरीको गौशाला, बर्दिबास र भंगहा नगरपालिकाबाट यो अभियान शुरु गरेका हुन् । आज जनकपुरमा पत्रकार सम्मेलन गरी चुरे संरक्षणका लागि हरित अभियान चलाउने र पहिलो चरणमा तीन लाख विरुवा बृक्षारोपण गर्ने जानकारी दिए ।

‘हरित अभियान सम्पूर्ण मानव तथा प्रकृतिबीचको स्वास्थ्य सम्बन्धलाई पुर्नस्थापित गराउने पहल हो,’ उनले भने, ‘यसले समुदायले भोगी रहेको विभिन्न समस्याहरुलाई क्रमगत रुपमा निर्मूल पार्न सहयोग गर्दछ ।’ उनले अभियानमा आवद्ध हुन सरोकारवाला संघ, संस्थ, क्लब र समूहलाई आह्वानसमेत गरे ।

हरित अभियानले पारिस्थ्तििक प्रणालीको पुर्नस्थापना, विपद व्यवस्थापन, पारिस्थितिक प्रणालीमा आधारित कृषि, संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण र ज्ञान केन्द्रको अवधारणाका कार्यक्रम सञ्चालन गर्न समन्व्यात्मक भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

वातावरणीय समस्याहरुको समाधान गर्नका लागि सरकारी क्षेत्रबाट मात्रै पहल गरेर सम्भव नहुने भन्दै उनले हरेक क्षेत्रले उत्तिकै प्राथमिकताका साथ अवलम्बन गर्नुपर्ने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *