स्वास्थ्यराज्यमन्त्री श्रेष्ठलाई देउवाले खुवाए सपथ – Nepal Press

स्वास्थ्यराज्यमन्त्री श्रेष्ठलाई देउवाले खुवाए सपथ

काठमाडौं । नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सपथ लिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

यो पनि पढ्नुहोस् :-

संविधानतः राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ खुवाउने व्यवस्था रहेकोले सपथ समारोह शीतल निवासमा नभएर सिंहदरबारमा राखिएको हो । सपथ समारोहमा देउवा मन्त्रिमण्डलका सदस्यहरू उपस्थित थिए ।

प्रधानमन्त्री देउवाले श्रेष्ठलाई आज स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए । स्वास्थ्यमन्त्रीको जिम्मेवारी भने हाल प्रधानमन्त्रीले आफैं राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर