कांग्रेस बैठकः सरकारविरुद्ध प्रदर्शन गर्ने सहमतिपछि केन्द्रीय समिति बैठक
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७७ पुष १९ गते १५:१४
काठमाडौं । पदाधिकारी बैठकमा पुस २५ गते प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गर्ने सहमतिपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।
आजकै बैठकबाट प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न रामचन्द्र पौडेल पक्षले दबाब दिएपछि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्न ढिला भएको थियाे ।
सहमति जुटाएरमात्र बैठक अघि बढाउन पार्टी कार्यालयमा सभापति शेरवहादुर देउवाको कार्यकक्षमा पदाधिकारीबीच छलफल भएकाे थियाे ।
यसअघि कांग्रेसले १६५ संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया