चुरोटको विषयमा झगडा पर्दा श्रीमतीलाई शरण दिएकी छिमेकीमाथि एसिड प्रहार – Nepal Press

चुरोटको विषयमा झगडा पर्दा श्रीमतीलाई शरण दिएकी छिमेकीमाथि एसिड प्रहार

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका- ३ हर्दियाकी एक महिलामाथि एसिड आक्रमण गर्ने एकजना पक्राउ परेका छन् ।

हर्दियाकी ४३ वर्षीया महिलालाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा ३० वर्षीय रोमन राजधामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

चुरोटको विषयमा विवाद हुँदा साउन १२ गते राति रोमनले आफ्नै श्रीमतीलाई एसिड आक्रमण गर्न खोजेका थिए । रोमनले श्रीमतिमाथ एसिड प्रहर गर्न खोजेपछि उनकी श्रीमति ज्यान जोगाउन हर्दियाकी ती महिलाको घरमा शरण लिन पुगेकी थिइन् ।

तर रोमन श्रीमती भएकै घरमा पुगेर ढोका खोल भन्दै ढोकामा लात्तीले प्रहार गरेपछि ती महिलाले सम्झाई बुझाई गर्ने खोज्दा रोमनले उनकै टाउको तथा अनुहारको भागहरुमा एसिड प्रहार गरेका थिए ।

एसिड प्रहारबाट गम्भीर घाइते भएकी ती महिलालाई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान हुँदै थप उपचारको लागि म्याक्स अस्पताल विराटनगरमा पठाइएको छ ।

साथै फरार भएका रोमनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंको सहयोगमा काठमाडौं
गौशालाबाट पक्राउ गरेको हो ।

उनी उपर एसिड आक्रमण (कुटपिट वा अंगभंग सम्वन्धि कसूर ) मुद्दामा सुनसरी जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *