केन्द्रीय कमिटी बैठकअघि माधवपक्षीय स्थायी कमिटी नेताहरू छलफलमा
नेपाल प्रेस
२०७८ साउन २१ गते १२:०३
काठमाडौं । केन्द्रीय कमिटी बैठक शुरू हुनुअघि एमाले माधव समूहका स्थायी कमिटी सदस्यहरूको बैठक बसेको छ ।
बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा नेताहरूबीच अहिले छलफल जारी छ । केन्द्रीय कमिटीका एजेन्डा तय गर्न स्थायी कमिटी सदस्यहरूबीच छलफल भएको बताइएको छ ।
नेता नेपाल आज पार्टीको एकता वा विभाजनबारे केन्द्रीय सदस्यहरूको राय लिने योजनामा छन् ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई साथ दिएका माधव समूहमा सरकारमा जाने र पार्टी एकता गर्नुपर्ने विषयमा सबैको एकमत नभएपछि नेता नेपाल दोहोरो दबाबमा छन् ।
प्रतिक्रिया
One thought on “केन्द्रीय कमिटी बैठकअघि माधवपक्षीय स्थायी कमिटी नेताहरू छलफलमा”
Leave a Reply
सम्बन्धित खवर
गद्दारहरू!