राउटे वस्तीमा एक महिनामै ३ जनाको मृत्यु भएपछि सामुहिक स्वास्थ्यजाँच  (तस्विरहरु) – Nepal Press

राउटे वस्तीमा एक महिनामै ३ जनाको मृत्यु भएपछि सामुहिक स्वास्थ्यजाँच  (तस्विरहरु)

सुर्खेत । नेपालकै लोपोन्मुख समूदायको रुपमा रहेको राउटे समुदायका तीन जनाको एक महिनाभित्र मृत्यु भएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले वस्तीमै पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेको छ ।

राउटे समुदायका दलबहादुर शाही, मानसिंह शाहीको एक साताको अन्तरमा मृत्यु भएको थियो । त्यसअघि गुर्भाकोटमा एक बालकको मृत्यु भएपछि उनीहरु सल्यान र सुर्खेतको सीमानामा पर्ने कालीमाटी गाउँपालिकाको काल्चेमा बसाईं सरेका थिए ।

‘आज हामीले राउटे समुदायका ५० जनाभन्दा बढीको स्वास्थ्यजाँच गरेका छौं । सबैको जाँच गर्न खोज्दा धेरै आएनन्,’ जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले नेपालप्रेससँग भने ।

वाग्लेका अनुसार धेरै बालबालिकाहरु कुपोषित छन् । राउटे समुदायमा बढी घाउचोट लाग्ने गरेको पाइएको छ ।

‘बालबालिकालाई हामीले जुकाको औषधि पनि खुवाएका छौं,’ उनले भने, ‘उनीहरुमा छालासम्वन्धी, उच्च रक्तचाप र मदिरा मुख्य समस्या देखिएको छ ।’

त्यहाँ गैरसरकारी संस्थाबाट स्वास्थ्यकर्मी खटाइएको हुँदा बाँकी औषधि उनीहरुकै जिम्मामा छोडेर फर्केको वाग्लेले बताए । उनले विशेषज्ञ  डाक्टरसहितको टोली उनीहरुको स्वास्थ्य जाँचमा गएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *