उदयपुरमा किशोरीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका
विराटनगर । ८ दिन अघिदेखि हराएकी उदयपुर त्रियुगा नगरपालिका-६ की १६ वर्षीया क्रिष्टिला चौधरीको शव घरनजिकै मोहनपुर जंगलमा फेला परेको छ ।
उदयपुर जिल्ला प्रहरी प्रमुख शुभाषचन्द्र बाेहाेराले सडेकाे अवस्थामा शव फेला परेकाे जानकारी दिए । साउन १९ गते स्थानीयवासीले जंगलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । शव फेला परेकाे एक साता भइसके पनि घटना सार्वजनिक गरिएकाे थिएन ।
क्रिष्टिला स्थानीय देउरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । बालिकाको बलत्कारपछि हत्या भएको हुन सक्ने आंशका गरिएको छ ।
‘केहि शंकास्पद कुरा पनि पत्ता लागेका कारण अनुसन्धान भइरहेको छ’ बोहोराले बताए । घटनामा सलग्न रहेको आशंकामा तीन जनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।
त्रियुगा नगरपालिका–६ का वडाध्यक्ष निर्मल चौधरीले बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने बताए । शव भेटिएको भोलिपल्ट मात्रै अभिभावकले आफूलाई छोरी हराएको जानकारी गराएको चौधरीले बताए ।