आमा बनेको एकदिनपछि मलेसियन गायिकाको कोरोनाबाट मृत्यु – Nepal Press

आमा बनेको एकदिनपछि मलेसियन गायिकाको कोरोनाबाट मृत्यु

काठमाडौं । मलेसियन चर्चित गायिका सिती सारा रैसुद्दिनको आमा बनेको एकदिनपछि कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

आठ महिनाकी गर्भवती रैसुद्दिनलाई अक्सिजनको कमी हुन थालेपछि कोमामा राखिएको थियो । र, उनको छोरालाई शैल्यक्रिया गरेर निकालेर ज्यान बचाइएको थियो ।

रैसुद्दिनका पतिले उनको मृत्यु हुनुभन्दा केही समयअघि भिडियो कल गरेको र त्यसबेला उनका आँखाबाट आँशु बगिरहेको बताएका छन् ।

रैसुद्दिनका पतिले उनको मृत्यु हुनुभन्दा केही समयअघि भिडियो कल गरेको र त्यसबेला उनका आँखाबाट आँशु बगिरहेको बताएका छन् ।‘हामीले उनलाई भनिरहेको उनले बुझेँ जस्तो गरिरहेकी थिइन्’ उनका पति शुइब सेपाह्तुले भने, ‘मैले त्यसबेला मेरा तीन छोराछोरीलाई उनीहरूकी आमा बितेको खबर सुनाउनु एकदमै कठिन हुने भनिरहेको थिएँ ।’

नवजात छोराअघि रैसुद्दिनका ६ देखि १० वर्षसम्मका तीन बच्चा छन् ।

बीबीसीकाअनुसार रैसुद्दिनको परिवारकै कोरोना परीक्षण गर्दा जुलाई २५ मा सबैको रिपोर्ट पोजिटिभ आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर