एघार जना महिलामाथि यौन हिंसा गरेको पुष्टि भएपछि न्युयोर्कका गभर्नरको राजीनामा
काठमाडौ । अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले राजिनामा दिएका छन् ।
विभिन्न ११ महिलालाई यौनजन्य हिंसा गरेको छानबिनबाट देखिएपछि उनलाई राजीनामा गर्न दबाब आएको थियो।
सन २०११ देखि निरन्तर न्युयोर्कको गभर्नर भएका उनी अमेरिकी सत्ताधारी डेमोक्रेटिक पार्टीका नेता हुन।
न्युयोर्कका महान्यायाधिवक्ता लेतितिया जेम्सले गरेको गत मंगलबार कुमोले यौनजन्य हिंसा गरेको ५ महिने लामो छानबिन प्रतिवेदन सार्वजनिक गरेकी थिइन् ।
जबर्जस्त चुम्बन गरेको र गोप्य अंगहरुमा इच्छाबिपरित हात लगाएका विभिन्न आरोपहरुको छानबिनले पुष्टि गरेको थियोे ।
राजीनामा दिदै कुमोले आफुले गर्ने सबैभन्दा उत्तम छनौट राजीनामा भएको बताएको बिबिसीले उल्लेख गरेको छ। आजै राजीनामा दिएनी यसको औपचारिक प्रक्रिया पुरा हुन दुई हप्ता लाग्ने अलजजिराले उल्लेख गरेको छ।