केही स्थानमा भारी वर्षा हुने, सचेत रहन आग्रह
काठमाडौं । मनसुनी वायुका कारण बुधबार देशको केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आइपुगेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सविना शाक्यले बताए ।
अबको दुई–तीन दिनसम्म देशमा मनसुन सक्रिय हुने भएकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने र एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको उनको भनाइ थियो ।
वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रमा समेत असर पर्नसक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएकोे छ ।
आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावन रहनाका साथै प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको एक÷दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।