काठमाडौंमा आजदेखि रातको समयमा सवारी चलाउन नपाइने – Nepal Press

काठमाडौंमा आजदेखि रातको समयमा सवारी चलाउन नपाइने

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्न थालेको भन्दै काठमाडौं जिल्ला प्रशासनको निर्णयअनुसार आजदेखि रातीको समयमा सवारी साधन चलाउन नपाइने भएको छ ।

काठमाडाैं जिल्ला प्रशासनले मंगलबार जारी गरेको आदेशमा निशेधाज्ञा भदौ ८ गतेसम्म थपेर विहीबारदेखि रातीको समयमा निजी तथा सार्वजनिक सवारी सन्चालन गर्न नपाउने उल्लेख छ । अत्यावश्यकबाहेक अन्य सवारीहरु बेलुकी ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने भनिएको छ ।

तर सोही आदेशमा सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामाग्री ढुवानी भने बेलुकी ९ बजेदेखि विहान ५ बजेसम्म सन्चालन गर्ने भनिएको छ । यसको अर्थ निर्माण सामाग्रीको ढुवानीमा भने रोकतोक हुने छैन ।

सात बजे अगाडि नै व्यपार व्यवसाय बन्द गरिसक्नुपर्ने लगायतका अन्य मापदण्डहरु यथावत राखिएका छन् ।

बुधबार मात्रै देशभर झण्डै ३५ सय कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मात्रै ९ सय ६४ जना नयाँ संक्रमित भेटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर