गाउँ पस्यो गोही, स्थानीय त्रसित – Nepal Press

गाउँ पस्यो गोही, स्थानीय त्रसित

कैलाली । कैलालीको भजनी नगरपालिका- ३ काँडा गाउँमा वयस्क गोही फेला परेकाे  छ । काँडा नदीबाट गोही गाउँ पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

करिब ढाइ फिट लामो मगर गोही एक कुन्टल सम्म रहेको थियो । गाउँमा गोही आएपछि स्थानीय त्रसित भएका थिए । सब डिभिजन कार्यालय भजनीले गोहीको सकुशल उद्धार गरेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।

काँडा खोलामा पानीको सतह बढेपछि गोही गाउँ छिरेको हुन सक्ने उनले बताए । सब डिभिजन कार्यालय र संरक्षणकर्मीको सक्रियतामा मोहना र पथरैया नदीको दोभानमा गोही छोडिएको छ । भजनी नगरपालिकाको टिपरबाट गोहीलाई नदीमा लगिएको हो ।

समयमै गोही गाउँ छिरेको थाहा पाएका कारण मानवीय क्षति हुन बाट बचेको उनको भनाइ छ । बषार्त सयमा नदीमा पानीको बहाव बढ्दा गोही तथा विषालु सर्पहरू गाउँ पुग्ने गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *