देशवासीलाई राष्ट्रपति घानीको सम्बोधन : तत्काल राजीनामा नदिने, अन्तर्राष्ट्रिय सहयोगको आग्रह – Nepal Press

देशवासीलाई राष्ट्रपति घानीको सम्बोधन : तत्काल राजीनामा नदिने, अन्तर्राष्ट्रिय सहयोगको आग्रह

काबुल । आधाभन्दा बढी अफगानिस्तान तालिवान विद्रोहीले नियन्त्रणमा लिएपछि राष्ट्रपति असरफ घानीले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन् । देशवासीलाई सम्बोधन गर्दै उनले तत्काल राजीनामा नदिने पनि बताए ।

अमेरिका-मैत्री मानिएका घानीले अफगानिस्तान अभूतपूर्व संकटमा गुज्रिएको बताउँदै उनले मुलुकको पछिल्लो परिस्थितीबारे आफूले विश्व नेताहरुसँग छलफल गरिरहेको समेत बताए ।

तर, उनले पश्चिमा र अमेरिकी साझेदार मुलुकबाट कस्तो खालको सहयोगको अपेक्षा गरेका हुन् भन्ने चाहिँ खुलाएन्न । अमेरिकीसहित अन्य मुलुकका सेनाले अफगानिस्तान छाडिरहेका छन् भने त्यहाँ भएकाले पनि अगस्ट ३१ सम्म छाड्ने तयारी गरिरहेका छन् ।

हिंसाका कारण तालिवानी नियन्त्रित सहरबाट राजधानी प्रवेश गर्ने नागरिकहरुको अवस्थाबारे पनि उनले चासो व्यक्त गरे । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार केही अफगानी सीमावर्ती सहर हुँदै युरोप छिरिरहेका छन् । शनिबार बिहानसम्म तालिवानले ३६ मध्ये १८ वटा प्रान्तीय राजधानीलाई कब्जामा लिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर