अफगान संकटबारे छलफल गर्न आज राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दै – Nepal Press

अफगान संकटबारे छलफल गर्न आज राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दै

बेलायतले भन्यो : हामी तालिवान सरकारलाई मान्यता दिन्नौं

काठमाडौं । तालिवान विद्रोहीले अफगानिस्तानको सत्ता हातमा लिएपछि आज राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दैछ । भारतले अध्यक्षता गर्ने बैठकमा अफगानिस्तानको पछिल्लो संकटमाथि समीक्षा हुने जनाइएको छ ।

अफगानिस्तानमा नयाँ सरकार गठन गर्ने तयारी गरिरहेको तालिवानलाई अन्तर्राष्ट्रिय मान्यता दिने वा नदिने भन्ने बहस भैरहेको बेला परिषद्को बैठक अर्थपूर्ण हुनसक्छ ।

बेलायतले तालिवान सरकारलाई मान्यता दिन नसकिने बताइसकेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार राती काबुलको पछिल्लो अवस्थाबारे प्रेसमिट गरेका थिए ।

सुरक्षा परिषद्को अर्को सदस्य मुलुक चीन भने अफगानिस्तान मामिलामा अहिले पूर्णतः मौनजस्तै छ । गत महीना तालिवान नेताहरुलाई स्वागत गरेको चीनको अहिलेको मौनतालाई पनि अर्थपूर्ण हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर