सर्लाहीकी प्रियंका हत्याको विरोधमा स्थानीयद्वारा पूर्वपश्चिम राजमार्गमा प्रदर्शन (भिडियोसहित) – Nepal Press

सर्लाहीकी प्रियंका हत्याको विरोधमा स्थानीयद्वारा पूर्वपश्चिम राजमार्गमा प्रदर्शन (भिडियोसहित)

जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका- १७ की प्रियंका भुजेलको हत्या विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् ।

भुजेलको शव भेटिएलगतै स्थानीयहरुले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् । गत साउन ३१ गतेदेखि हराइरहेकी भुजेलको शव भेटिएको थियो ।

मंगलबार राति घरदेखि करिब ३ किलोमिटरको दूरीमा रहेको कालिन्जोर खोलामा उनको शव फेला परेको थियो ।

बलात्कार गरी किशोरीको हत्या गरिएको आशंकामा स्थानीयले प्रहरी कार्यालयमा समेत विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले हत्यारालाई पक्राउ गरी सार्वजनिक गर्न समेत माग राखेका छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले घटनाको अनुसन्धान भइरहेको र हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको बताए ।

पक्राउ परेका दुवै जनालाई पत्रकार सम्मेलन गरी सार्वजनक गर्ने तयारीमा प्रहरी जुटेको छ ।

 


प्रतिक्रिया

One thought on “सर्लाहीकी प्रियंका हत्याको विरोधमा स्थानीयद्वारा पूर्वपश्चिम राजमार्गमा प्रदर्शन (भिडियोसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *