माधव नेपाल छाडेपछि ओलीसँग ‘वान टु वान’ वार्ता गर्न घनश्याम भुसाल बालकोटमा – Nepal Press

माधव नेपाल छाडेपछि ओलीसँग ‘वान टु वान’ वार्ता गर्न घनश्याम भुसाल बालकोटमा

काठमाडौं । नेकपा एमाले विभाजन भए लगत्तै माधव नेपाल पक्षबाट यसअघि वार्ता गर्दै आएका उपमहासचिव घनश्याम भुसाल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

अध्यक्ष ओलीसँग ‘वान टु वान’ कुरा गर्ने भन्दै भुसाल बालकोट पुगेको निकट स्रोतले जनाएको छ । भुसालले मंगलबार पनि ओलीलाई भेटेर माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिन आग्रह गरेका थिए ।

एमाले विभाजन रोक्न सक्रिय रहेका दोस्रो तहका नेताहरुको तर्फबाट भुसालले ‌‌‌ओलीसँग १० बुँदे सहमति कार्यन्यवयन गर्दै अझै पनि एमाले विभाजन रोकेर माधव नेपाललाई फर्काउन सुझाव दिने समझदारी बनेको सो समूहका एक सांसदले बताए ।

नवौं महाधिवेशनदेखि माधव नेपाललाई साथ दिँदै आएका नेपाल पक्षका पदाधिकारी र स्थायी कमिटी सदस्यहरुले पार्टी विभाजनमा भने उनलाई साथ दिएनन् ।

१० बुँदे सहमतिको कार्यन्वयन गराउने र तत्काल दुवै पक्षमा संलग्न नहुने रणनीति बनाएका नेताहरुको तर्फबाट भुसालले ओलीसँग वार्ता गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर