माधव पक्षमा रहेका लुम्बिनीका दुईमात्र सांसद पनि एमाले समाजवादीमा नजाने – Nepal Press

माधव पक्षमा रहेका लुम्बिनीका दुईमात्र सांसद पनि एमाले समाजवादीमा नजाने

रुपन्देही । लुम्बिनी प्रदेशसभाका माधवपक्षीय दुई सांसदले आफूहरु नयाँ पार्टीमा नजाने प्रष्ट पारेका छन् ।  माधव नेपाल समूहमा रहेर पनि निरन्तर पार्टी एकताको पक्षमा रहेका लुम्बिनी प्रदेशसभाका नेपाल निकट दुई सांसदले तत्काल नयाँ दलमा नजाने बताएका छन् ।

नेपाल पक्षमा रहेका कपिलवस्तुबाट निर्वाचित प्रदेश सभा सदस्य विष्णु पन्थी र पाल्पाबाट समानुपातिक सांसद बनेकी रमा घर्ती तत्काल नयाँ दलमा नजाने प्रतिक्रिया दिएका छन् ।

कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित सांसद पन्थी लामो समयदेखि नेपाल पक्षमा रहे पनि पार्टी विभाजनको पक्षमा नरहेको बताए ।

कपिलवस्तुमा समानान्तर ओली समूहकविरुद्ध नेपाल समूहको समानान्तर समितिका अध्यक्ष भएका पन्थीले भने, ‘म पार्टी विभाजनको पक्षमा छैन ।’

उनले एमालेभित्रै रहेर १० बुँदे सहमति कार्यान्वयन गर्न पहल गरिराख्ने र त्यो कार्यान्वयन भए एमालेमै बस्ने बताए । अर्का सांसद रमा घर्तीले आफू विभाजनको पक्षमा नरहेको बताइन् ।

नयाँ दल दर्ता गरे पनि पार्टी एकता हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।

याे पनि पढ्नुहाेस्

प्रभावशाली नेताले साथ छाडेपछि लुम्बिनीमा माधव नेपाल झनै कमजोर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर