विभाजन रोज्नेहरुलाई एमालेको आह्वान : मुलघरमा फर्किनुहोस् – Nepal Press

विभाजन रोज्नेहरुलाई एमालेको आह्वान : मुलघरमा फर्किनुहोस्

काठमाडौं । नेकपा एमालेले हालै विभाजित भएर गएको समुहलाई मुलधारमा फर्किन आह्वान गरेको छ । आज सम्पन्न भएको स्थायी समिति बैठकले पारित गरेको प्रस्तावमा यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने भन्दै एकता आह्वान गरिएको हो ।

प्रस्तावमा भनिएको छ, ‘एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास गरिहेका कामरेडहरुलाई हामी आग्रह गर्छौं- मुलुकका सामु उपस्थित असाधारण सम्भावना र अकल्पनीय चुनौतिप्रति संवेदनशील हुँदै पार्टीको काँधमा उपस्थित एतिहासिक अभिभाराप्रति सचेत रहँदै त्यसतो गलत र हानीकारक बाटो छाडेर पार्टी एकतामा आवद्ध हुनुहोस्, आफ्नो मुलघरमा फर्किनुहोस ।’

विभाजनकारी गतिविधि र छुट्टै दल दर्ताको प्रक्रियाबाट अलग भएर पार्टी एकतामा योगदान गर्नेहरुलाई हार्दिक स्वागत गरिने एमालेले जनाएको छ ।

प्रस्तावमा थप भनिएको छ, ‘जीवन्त र लोकतान्त्रिक पार्टीमा समस्याहरु उत्पन्न हुनु, समस्यालाई हेर्ने दृष्टिकोणमा भिन्नता हुनु र कतिपय प्रश्नमा असहमति पैदा हुनु स्वाभाविकै हो । तर, समस्याका विकल्प विग्रह होइन । त्यसरी नै भिन्नताको समाधान अन्तरद्वन्द्व होइन । असहमतिको निष्कर्ष त विभाजन झन् हुँदै होइन । नेकपा एमालेको एकता यस पार्टीका लाखौं सदस्य र समर्थक-शुभचिन्तकहरुको मात्र होइन, आम जनता र देशकै चाहना हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर