पार्टी फुटाउने निर्णायक दिनः निर्वाचन आयोगमा माधव नेपालको टिम (तस्वीरहरु)
नेपाल प्रेस
२०७८ भदौ ९ गते १२:०२
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको आज छिनोफानो हुँदैछ । एमालेबाट फुटेर बनेको यस पार्टीलाई प्रमाण पुगेको खण्डमा निर्वाचन आयोगले आजै प्रमाणपत्र दिनेछ ।
दर्ता सनाखतका लागि यतिबेला प्रस्तावित अध्यक्ष माधव नेपालसहितका नेताहरु निर्वाचन आयोगमा छन् । सनाखत गर्ने कार्य जारी रहेको बताइएको छ । आयोगले सो पार्टीलाई सनाखतका लागि ११ बजेदेखि २ बजेसम्मको समय दिएको थियो ।
हेर्नुस निर्वाचन आयोगतर्फ बढेका माधव नेपाल समूहका केही तस्वीरः
तस्बिर: सराेज बैँजु
प्रतिक्रिया