तरुण दल कञ्चनपुरका उपाध्यक्ष एमाले प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत – Nepal Press

तरुण दल कञ्चनपुरका उपाध्यक्ष एमाले प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

कैलाली । नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य तथा तरुण दल कञ्चनपुर उपाध्यक्ष विष्णु न्यौपाने एमाले प्रवेश गरेका छन् ।

आज एक कार्यक्रमबिच एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई पार्टी प्रवेश गराएका हुन् ।

उनको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित रामबहादुर थापा बादल, लेखराज भट्ट, कर्ण थापा, राजेन्द्र रावल, नारदमुनि राना, लीला भण्डारी, निरु पाल र अर्जुन ढकाललगायतको उपस्थिति थियो ।

२०६४ सालदेखि निरन्तर राजनीतिमा रहेका न्यौपाने जनआन्दोलनमा अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गरेका थिए ।

उनी कञ्चनपुर बेलौरी नगरपालिका ४ का हुन् । स्थानीय क्षेत्रमा राम्रो पकड जमाएका व्यक्ति एमाले प्रवेश गरेपछि आगामी निर्वाचनमा कांग्रेसलाई धक्का पुग्ने आँकलन गरिएको छ ।


प्रतिक्रिया

One thought on “तरुण दल कञ्चनपुरका उपाध्यक्ष एमाले प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

  1. लाखौलाख शुभकामना स्वागत छ। आगामी दिन को कार्याकाल सफलता पुर्बक बितोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर