लुम्बिनी प्रदेशको योजना आयोग उपाध्यक्षमा वामदेव क्षेत्री नियुक्त – Nepal Press

लुम्बिनी प्रदेशको योजना आयोग उपाध्यक्षमा वामदेव क्षेत्री नियुक्त

रूपन्देही । लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी माओवादी केन्द्रका नेता हुन् ।

यस्तै आयोगको सदस्यमा शिवपुजन यादव, दामोदर भुसाल नियुक्त भएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए । ५ सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गर्ने उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर