सडकमा थुप्रिएको फोहोर काठमाडौंका मेयरलाई ‘उपहार’ (तस्बिरहरू)
काठमाडौं । केही सातादेखि चोकचोकमा थुप्रिएको फोहोरको डंगुर नउठाएपछि चाँडो फोहोर उठाएर सफाइमा ध्यान दिन काठमाडौं महानगरपालिकालाई दबाब बढ्न थालेको छ । लगातारको झरीले फोहोर कुहिँदा दुर्गन्धसमेत फैलिएको छ ।
युथ कांग्रेस नेपाल नामक संस्थाको आव्हानमा फोहोर उठाउन ध्यानाकर्षण गराउँदै विरोधमा काठमाडौं महानगरपालिकाको मुख्य गेटमा फोहोर फ्याँकिएको छ ।
युवाहरूले मेयर विद्यासुन्दर शाक्यलाई फोहोर उपहार भन्दै महानगरको गेटमा लगेर फोहोर थुपारेका छन् ।
मुख्य गेटमा फोहोर थुपारिएपछि प्रहरीले उनीहरुलाई रोकेको थियो ।
मेयर शाक्यले फोहोर व्यवस्थापन गर्ने ल्याण्डफिल साइटमा पुग्ने सडक वर्षाका कारण बिग्रिएकाले फोहोर उठाउन नसकेको बताएका थिए । उनले केही दिनमै फोहोर उठाइने आश्वासन दिँदै सडकमा जथाभावी नफ्याँक्न महानगरबासीलाई अपीलसमेत गरेका छन् ।
तस्बिरहरू : उमेश कार्की ।