तीजमा कडाई गर्न रुपन्देहीमा निषेधाज्ञा थपियो
नेपाल प्रेस
२०७८ भदौ १६ गते ८:३८
रुपन्देही । कोरोना संक्रमण नरोकिएको भन्दै रूपन्देही प्रशासनले जिल्लामा जारी रहेको खुकुलो निषेधाज्ञा भदौ मसान्तसम्म लम्ब्याएको छ ।
दोस्रो चरणको महामारी उच्चविन्दुमा पुग्नथालेसँगै वैशाख १५ देखि जारी निषेधाज्ञा भदौ ३१ मध्यरात १२ बजेसम्मका लागि लम्ब्याइएको हो ।
यसबLचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाइएको छ । यसअघिका निषेधाज्ञामा रोक लगाइएका सबै नियमलाई निरन्तरता दिएको रूपन्देही प्रशासनले जनाएको छ ।
तीज नजिकिएसँगै विभिन्न स्थानमा भेला, जमघट बढेको भन्दै प्रशासनले कडाई गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर