प्रदेश २ मा अर्थमन्त्रीबाट कृषिमन्त्री भएका यादवले ग्रहण गरे पदभार
नेपाल प्रेस
२०७८ भदौ १६ गते ११:३२
जनकपुरधाम । प्रदेश २ को अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएका मन्त्री विजय यादवले पदभार ग्रहण गरेका छन् ।
उनले आज जनकपुरधामको मुरली चोकमा रहेको मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । मन्त्री यादवलाई मन्त्रालयका सचिव र अन्य कर्मचारीहरुले स्वागत गरेका छन् ।
कृषि मन्त्री शैलेन्द्र साहलाई अर्थ मन्त्रालय र अर्थमन्त्री यादवलाई कृषि मन्त्रालयमा हेरफेर गरेको थियो । दुवै मन्त्री जसपाका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर