दाङमा सिस्ने खोलाको बाढीले कार बगाउँदा २ जनाको मृत्यु, बेपत्ता अन्य दुईको शव भेटियो
रूपन्देही । दाङमा खोलाले कार बगाउँदा दुई जनाको मृत्यु भएको छ । साेही खाेलाकाे बाढीमा परेर वेपत्ता भएका दुईजना महिलाकाे शव आज विहान भेटिएकाे छ ।
उक्त कार गए राती पौने दश बजेको समयमा घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखोलाले बगाएको हो ।
नेपालगञ्जबाट घोराही जाँदै गरेको प्र ३–०१– २४ च ४४४० नम्बरको कार सिस्ने खोला तर्न लाग्दा आएको बाढीले बगाउदा चालक घोराही–१५ निवासी वर्ष ४३ को नरबहादुर पुनलाई घटनास्थलदेखि १ किलोमिटर टाढा खोलामा बगिहेको अबस्थामा प्रहरीले फेला पारी उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको छ।
कारमा सवार घोराही-१३ निवासी ३२ वर्षीया की सुशीला श्रेष्ठ र १४ निवासी २९ वर्षीया राधिका कुँवरको मृत्यु भएको छ ।
यसैबीच सिस्नेखोलामा आएको बाढीले बगाउँदा वेपत्ता भएका घोराही–१३ बस्ने ४० वर्षीया रीतामाया पुन र वडा नम्बर १४ की ४० वर्षीया विमला केसीको शव आज विहान बेलुवास्थित बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।