पर्यटन बोर्डका उपाध्यक्ष भन्छन्- आन्तरिक र पर्वतीय पर्यटनलाई प्राथमिका दिऔं
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/09/tan-vice-chairman-chandra-rijal.jpg)
काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अब आन्तरिक पर्यटनलाई महत्व दिएर अघि बढ्नु पर्ने भन्दै विदेशीको मुख ताकेर नबस्ने बताएका छन् ।
पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान सम्बन्धी सम्झौतामा हस्ताक्षरपछि रिजालले आन्तरिक पर्यटनलाई पुनर्जीवन दिनुपर्ने बताए ।
कोभिड महामारीले आफूहरूलाई पाठ सिकाएको भन्दै कार्यक्रमका प्रमुख अतिथि रिजालले सरकारले बनाएका नीति नियमलाई टान र पर्यटन बोर्ड मिलेर कार्यान्वयन गर्नुपर्ने बताए ।
उनले विगतका अनुभवबाट सिकेर दुवै संस्था मिलेर काम गर्न निजी क्षेत्रको उत्थान हुने र पर्यटनको विकास हुने रिजालले बताए । उपाध्यक्ष रिजालले पर्वतीय पर्यटनमा टानको भूमिका महत्वपूर्ण रहने भन्दै अब त्यसका लागि पर्यटन बोर्डले सघाउने बताए ।
कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी, टानका अध्यक्ष खुमबहादुर सुवेदीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
टानका महासचिव सरिता लामाले कोरोनाकोबीचमा पनि टानले सकेको काम गरिरहेको जानकारि दिइन । युनडिपि र पर्यटन बोर्डबीचको सहकार्यले पर्यटन मजदुरलाई ठूलो राहत हुने बताइन । उनका अनुसार आज भएको सम्झौताले तीन हजार मजदुरले रोजगारी पाउने छन ।