असोज १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालय खुलाउने निर्णय – Nepal Press

असोज १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालय खुलाउने निर्णय

काठमाडौं । असोज १ गतेदेखि काठमाडौं जिल्लाका सबै विद्यालयहरु खुल्ने भएका छन् । आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सबै सरकारी र निजी विद्यालयलाई कोभिड प्रोटोकल पालना गर्दै खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय र काठमाडौं नगरपालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

भदौ १६ गते बसेको डीसीसीएमसीको बैठकले भौतिकरुपमा विद्यालय संचालन गर्नुपर्ने भए प्रशासनको अनुमतिमा कोभिड प्रोटोकल पालना गर्दै संचालन गर्न सकिने निर्णय गरेको थियो ।

तर, घटेको संक्रमण र मृत्युदरलाई मध्यनजर गर्दै विद्यालयलाई भौतिक रुपमै संचालनको अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर