प्रदेश २ मा जनलोकपाल आयोग गठन, नवनियुक्त पदाधिकारीहरुले लिए सपथ
नेपाल प्रेस
२०७८ भदौ २२ गते १८:०५
जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशमा आर्थिक सुशासन कायम गर्न प्रदेश जनलोकपाल आयोग गठन गरेको छ ।
अध्यक्षसहित तीन सदस्यीय रहेको उक्त आयोगमा नवनियुक्त अध्यक्ष राम सहाय यादव, सदस्य शोभा महतो र राजकिशोर साहलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद गोपनियताको सपथ ग्रहण गराएका छन् ।
उक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देव, प्रमुख सचिव हरि प्रसाद मैनालीसहित प्रदेश सरकारका सचिवहरुको उपस्थिति रहेको थियो ।
आयोगका नवनियुक्त पदाधिकारीहरुले ग्रमीण प्रशिक्षण केन्द्र मुजेलियास्थित आयोगको कार्यालय पुगेर आजै पदभार ग्रहण गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर