प्रचण्ड निकट माओवादी नेताको घोषणा- बरु सरकार छाडेर सडकमा आउँछौं तर एमसीसी पारित गर्दैनौं – Nepal Press

प्रचण्ड निकट माओवादी नेताको घोषणा- बरु सरकार छाडेर सडकमा आउँछौं तर एमसीसी पारित गर्दैनौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा वागमती प्रदेशका पूर्व मन्त्री युवराज दुलालले बरु सरकार छाडेर सडकमा आउने तर एमसीसी पारित नगर्ने नीति माओवादीको रहेको प्रष्ट पारेका छन् ।

प्रचण्ड निकट प्रभावशाली युवा नेता दुलालले विगतमा पनि सभामुख अग्नि सापकोटा र कृष्णवहादुर महरामार्फत प्रचण्डले एमसीसी पारित हुनबाट रोकेको खुलासासमेत गरेका छन् ।

उनले वृहत राष्ट्रिय सहमति नभई यथास्थितिमा एमसीसी पास गर्न सकिदैन भनेर प्रचण्डले फतिमा सुमारको टोलीलाई बताएको भन्दै यसको अर्थ एमसीसी पास गर्ने पक्षमा माओवादी नरहेको भनेर बुझ्नु पर्ने बताए ।

प्रचण्डसँग सुमारको भेट लगत्तै दुलालले माओवादी नीति उदृत गर्दै भनेका छन्, ‘यथास्थिति र राष्ट्रिय सहमति कुटनीतिक भाषा हुन् । माओवादी राष्ट्रिय सुरक्षामा चुनौतिपूर्ण संशय रहेको एमसीसी पारित गर्ने पक्षमा छैन । बरु सरकार छोडेर सडकमा आउँछ तर एमसीसी पारित गर्दैन ।’

उनले राष्ट्रियताको सवालमा विदेशीसामू नुझुक्ने पार्टीको धारणा रहेको समेत बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर