संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गर्ने अभियुक्त प्रहरीकाे नियन्त्रणमा
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/09/sankhuwava-madi-hatyakanda-21-bhadra-1.jpg)
काठमाडौं । संखुवासभाको मादी नगरपालिकास्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
सिआइबीको टोलीले अनुसन्धानको दायरामा राखेका व्यक्तिले अपराध स्वीकार गरेका छन् । आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
हत्या आरोपी मृतकका गाउँकै आफन्त पर्ने व्यक्ति रहेको बताइएको छ । ९० वर्षीय बुद्धमान कार्कीको परिवारका उनीबाहेक ६ सदस्यको हत्या भएको थियो ।
उनका ५२ वर्षीया छोरा तेजवहादुर कार्की, वुहारी कमला कार्की, रन्जना कार्की, पत्नी पार्वती कार्की, नाति विपिन कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो । विपिन ८ वर्ष र गोमा ५ वर्षका नाबालक थिए ।