नेकपा एस सिन्धुपाल्चोकले बनायो १०३ सदस्यीय जिल्ला कमिटी, सोम सापकोटा अध्यक्ष – Nepal Press

नेकपा एस सिन्धुपाल्चोकले बनायो १०३ सदस्यीय जिल्ला कमिटी, सोम सापकोटा अध्यक्ष

काठमाडौं । एकीकृत समाजवादी सिन्धुपाल्चोकले सोम सापकोटाको संयोजकत्वमा १०३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । सहसंयोजकमा समानुपातिकतर्फबाट वागमती प्रदेशसभा सदस्य भएकी इन्द्रमाया गुरुङ चुनिएकी छन् ।

संयोजक सापकोटा स्थानीय तह निर्वाचनमा चौतारा–साँगाचोकगढी नगरपालिका प्रमुखमा पराजित उम्मेदवार हुन् ।

आज जिल्ला सदरमुकाम चौतारामा सम्पन्न भेलाले जिल्ला कमिटी गठन गरेको हो ।

पहिला माधव नेपाल पक्षको गढ मानिएको सिन्धुपाल्चोकमा एमालेबाट नेकपा समाजवादीमा जानेहरु भने न्यून भएका छन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामध्ये दुईजना प्रतिनिधि मात्रै नेकपा एसमा लागेका छन् ।

जिल्लाका प्रभावशाली नेता अमृतकुमार बोहोरा, शेरबहादुर तामाङ, अरुण नेपाल, सरेश नेपाललगायत अध्यक्षसँगै जिल्ला कमिटीका अधिकांश सदस्य एमालेमै बसेका छन् ।

त्यस्तै भेलाले यमबहादुर महतलाई सल्लाहकार चुनेको छ भने पाँच सदस्यीय संयोजन समिति पनि गठन गरेको छ । संयोजन समितिमा मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपाल, सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ र राष्ट्रियसभा सदस्य सिंहबहादुर विक र नवराज पौडेल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर