एमाले संसदीय दलको बैठक बस्दै, सभामुखको भूमिका सत्तापक्षको कार्यकर्तामा सीमित भएको आरोप – Nepal Press

एमाले संसदीय दलको बैठक बस्दै, सभामुखको भूमिका सत्तापक्षको कार्यकर्तामा सीमित भएको आरोप

काठमाडौं । सभामुखको भुमिकाप्रति असन्तुष्ट रहेको नेकपा एमालेले आफ्ना सांसदहरुको भूमिका कस्तो हुने भन्नेबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

शनिवार स्थायी कमिटी बैठकले दलको बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । यसबीचमा संसदमा भएको सभामुखको बलमिच्याइँ र त्यसकाविरुद्ध पार्टीका सांसदले गरेको विरोधका क्रममा भएका टिप्पणीको समिक्षा हुने उनले बताए ।

एमालेले आफ्ना सांसदलाई संयमित र मर्यादित भएर सदन अवरोध गर्न निर्देशन दिएको छ । पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको र सभामुखले सत्तापक्षको कार्यकताएको भूमिका खेलेको भन्दै एमालेले सदन अवरोध जारी राखेको छ ।

एमाले संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्षको सदन अवरोधका बीच सरकारले बजेट प्रतिस्थापन विधेयक पेश गरेको र सभामुखले सहमतिको प्रयाससमेत नगरेको विषयमा छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर