जोकोभिचलाई हराउँदै मेदभेदेवले जिते यूएस ओपन उपाधि – Nepal Press

जोकोभिचलाई हराउँदै मेदभेदेवले जिते यूएस ओपन उपाधि

एजेन्सी ।  शीर्ष वरीयताका नोभाक जोकोभिचलाई सोझो सेटमा पराजित गरी दोस्रो वरीयताका डानिल मेदभेदेवले वर्षको चौथो ग्राण्डस्लाम युएस ओपनको उपाधि जितेका छन् ।

गएराति सम्पन्न फाइनलमा अप्रत्यासित रुपमा मेदभेदेवले तीनै सेटमा सहज नजिता हासिल गरेका हुन् । सेमिफाइनलमा अजेक्जान्दर भेरेभमाथि ३–२ को सेटमा कठिन जित हासिल गरेका ३४ वर्षीय सर्वियाली जोकोभिच रुसका २५ वर्षीय मेदभेदेवसँग निरिह बने ।

कीर्तिमानी २१ औं ग्राण्डस्लाम उपाधिको अवसरमा पनि जोकोभिच चुकेका छन् । उनी ६–४, ६–४ र ६–४ को सेटमा पराजित भएका हुन् ।

मेदभेदेवका लागि भने यो पहिलो ग्राण्डस्लाम उपाधि हो । उनी यसअघि दुईपल्ट ग्राण्डस्लाम फाइनलमा पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *