माओवादी केन्द्र
के कांग्रेसलाई ‘ढोक्सा’ थाप्दैछन् प्रचण्ड ?
२०८१ मंसिर १४ गते १९:३५
प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले मिलेपछि विपक्षी कित्तामा हुत्तिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा फेरि सत्तामा फर्किने हुटहुटी बढ्दो छ । उनले फेरि ‘म्याजिक नम्बर’ को कुरा गर्न थालेका छन् ।