राजनीति – Page 843 – Nepal Press
राजनीति

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक राजनीतिक विषयमा छलफल गर्न भोलि दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधबारे छलफल हुने बताइएको छ ।